१-४ गोलको विरुद्ध बैङ्खरी एकाडेमी महोत्तरी विजयी।

कोल्हबी (बारा):= बाराको कोल्हबी नगरपालिकामा अवस्थित जनशक्ति क्लब कोल्हबी,समाज बिकास युवा क्लब कुमरगढी,सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हबी गोल्ड कपको तेस्रो दिन मंग्लवार हर्दी समाज चितवन र बैङ्खरी एकाडेमी महोत्तरी बिच भिडन्त भएको खेलमा १-४ गोलको विरुद्ध बैङ्खरी एकाडेमी महोत्तरीले सानदार जिल हासिल गरेको छ।

बैङ्खरी एकाडेमी महोत्तरीका जर्सी न.११ का कृष्ण राणाले खेलको पहिलो हाल्फको २०औं मिनेट जादै पहिलो गोल गरि खाता खोलेका थिए भने जर्सी न.५ का रतिस सुस्लिङ्ले खेलको पहिलो हाल्फको मै ३२औं मिनेट जादै दोश्रो गोल थपेका थिए। त्यस्तै जर्सी न.७ का सुजित बुढाथोकीले खेलको दोश्रो हाल्फको ८ औं मिनेट जाँदै तेस्रो गोल गरेका थिए भने जर्सी न.१० का सनम आलेले अन्त्यमा चौथो गोल थपी आफ्नो टिमलाई १ को विरुद्ध ४ गोलले बिजय घोषित गराएको छ। बैङ्खरी एकाडेमी महोत्तरीका जर्सी न.१० का सनम आलेलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।

अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको तेश्रो कोल्हबी गोल्ड कपमा मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर,गोल्डेन स्टार दुहबी सुनसरी गरि अझै २ वटा टिमहरुको क्वाटर खेलमा सहभागी रहने र साथै बुधबारको दिन मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर र गोल्डेन स्टार दुहबी सुनसरी बिच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जन्शक्ति क्लब कोल्हबीका सचीव लक्ष्मीनारायण चौधरीले जानकारी दिए । १८ गते आइतबार देखि सुरु भएको खेल २८ गते बुधबार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको साथै २४ गते सनिवार रेस्टको दिन महिला मैत्रीपुर्ण( चपुर र बागमती) बिच खेल हुने बारे आयोजक समितीले जानकारी दिए।