२५ औं बिश्व आदिवासी दिवस २०१९ कतारमा मनाउने तयारी अन्तिम चरणमा

2299

दोहा- “आदिवासी भाषाहरुको अन्तर्राष्ट्रिय वर्ष” भन्ने मुल नाराको साथ आगामी ०९ अगस्टमा कार्यक्रम मुल समारोह समिती कतारद्वारा ७ वटा मातृ संस्थाहरुको संयुक्त आयोजनामा २५औं विश्व आदिवासी दिवस २०१९ सनैया स्थित अल डल्ला ड्राइभिङ सेन्टरको थिएटर सभा हलमा मनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ।

नेपालको आदिवासी जनजाती महासंघद्वारा मान्यता प्राप्त रहेको मातृ संस्था र जनजाती उत्थान प्रज्ञाप्रतिष्ठानको आधिकारिक संस्थाको शाखा प्रवास कतारको मातृ संस्था मगर संघ शाखा कतारको अध्यक्ष शेर बहादुर रोका मगरको संयोजकत्वमा ७ वटा मातृ संस्थाहरुको संयुक्त आयोजनामा हुन गैरहेको उक्त दिवस कार्यक्रम संयुक्त जनजातीहरुको भेषभुषा, भाषा, लिपि, धर्म संस्कार आफ्नो मौलिक पहिचान संस्कृति झल्काउने गरि साँस्कृतिक कार्यक्रमका साथै विभिन्न कला, झाँकी प्रदर्सन गरिने छ।  साथै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने भएकोले आयोजकले कतारमा रहेका आदिवासी जनजाती लगायत सम्पुर्ण नेपालीहरुको बाक्लो सहभागी रहने जानकारी गराएको छ।

आयोजक मुल समारोह समितिमा

नेपाल मगर संघ शाखा कतार, नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार, धानुक सेवा समाज कतार, तमु प्ये ल्हु शाखा कतार,  लि: ल फङ (घले समाज) शाखा कतार,  नेपाल दनुवार सेवा समाज कतार,  नेपाल ताजपुरिया सेवा समाज कतार  गरि ७ वटा संस्थाहरु रहेकाछ्न ।  यस कार्यक्रमले दोहामा अन्य अन्तरास्ट्रिय आदिवासी जनजाति समुदाय सम्म नेपाली आदिवासीहरुको पहिचान , रहनसहन तथा साँस्कृतिक प्रबर्द्धनमा समेत टेवा पुग्ने संयोजक रोका मगरले बताएका छ्न । आदिवासीहरु भाषा, लिपिको उत्थान तथा संरक्षणमा यस वर्ष विशेष रूपमा कार्यक्रम बनाएर अगाडि बढ्नेमा जोड दिएकाछ्न । कार्यक्रमको दौरानमा प्रवासमा रहेका आदिवासी जनजातीहरुको अधिकार र हितमा काम गर्ने योजना तय गरिने बताइएको छ ।