समाजसेवी मान मगरले नेपाली सहित मलेसियन नागरिकलाई गरे नि:शुल्क खाद्यान्न सहयोग।

मलेसियामा रहेर ब्यापार , ब्यवसाय गर्दै आईरहेका समाजसेवी ब्यक्तित्व मान मगरले राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेका छ्न ।

मलाया खबरद्वारा सञ्चालित अभियान अहिले कोरोना भाइरसको कारण बिपत्तको बेला मलेसियामा रहेको कुनै नेपाली श्रमिकलाई समस्या नपरोस , एक नेपालीले अर्को नेपालीलाई सहयोग गरौं भन्ने हेतुले सञ्चालित यस अभियानमा सामेल नेपाल ठेगाना धनकुटा भेडेटार निवासी रहनु भएका मान मगर बिगत १० बर्षदेखी मलेसियामा रेष्टुरेन्ट,फेन्सी कपडा पसल ब्यवसाय गर्दै आईरहनु भएको छ।

( ब्यवसायी तथा समाजसेवी नेपाली युवा : मान मगर )

सहयोगी मनका धनी मगरले यतिबेला मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर अन्तरगत समस्यामा परेका नेपाली श्रमिक लगायत यहाँका स्थानीय गरिब,बिपन्न परिवार लाई समेत खाद्यान्न सामाग्री नि:शुल्क उपलब्ध गराइ सहयोग गरिरहेका छ्न ।
उनले केही दिन अगाडी मलेसियाका स्थानीय नागरिक,इन्डोनेसिया,पाकिस्तान लगायतको देशको अति बिपन्न परिवारका मानिसहरुलाई नि:शुल्क राहत बितरण गरि उपलब्ध गराएका थिए भने त्यस्तै आज जोहोरबारुमै अवस्थित जालान सुतेरा तामान सेन्तोसा भन्ने ठाउँमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरुलाई सहयोग स्वरुप खाद्यान्न सामाग्री नि:शुल्क दिएर सहयोग गरेका छन।

[ मान मगरले खाद्यान्न सामाग्री नि:शुल्क उपलब्ध गराउदै गर्दाको तस्बिर ]

प्युठान जिल्ला निवासी एकजना नेपाली सेक्युरिटी गार्ड अहिले बिरामी परेर रुममै थल्ला परेको जनाइएको छ। ” लकडाउनले गर्दाखेरी खाद्यान्न किन्ने ठाउँ टाढा रहेको र खाद्यान्न किन्न रकम समेत अभाव रहेकोले मलाया खबरमा प्रकाशित समाचार हेरेर उल्लेख गरिएको मोबाईल नम्बरमा सम्पर्क गर्दा खाद्यान्न सामाग्री लिएर समाजसेवी मान मगरले हामी बस्ने रुममै आई खाद्यान्न पुर्याएर सहयोग गरेर गएको त्यहाँ कार्यरत नेपालीले मलाया खबरको यस् अभियानमा आबद्ध सम्पुर्णलाई विशेष धन्यवाद दिन चाहन्छु ” भन्दै ती नेपालीहरुले मलाया खबरसंगको टेलिफोन वार्तामा भने ।

मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 / +60178062545/ +60127549850