इभेन्टमा सक्रिय निशु

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौ । पछिल्लो समयमा नेपालमा सौन्दर्य प्रतियोगिता कार्यक्रम गर्न् युवापुस्ता सक्रिय भएर लागिपरेका छन् । यी युवापुस्तामाझ निशु झा पनि एक युवा हुन्, जोा लामो समयदेखि विभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरु राजधानीमा आयोजना गर्दै आएका छन् । सर्लाही कबिलासी गा.बि.स ९ का निशु पछिल्लो समय सौन्दर्य प्रतियोगिता कार्यक्रम गर्न सक्रिय भएर लागि रहेका छन् ।
प्रारम्भिक समयमा इभेन्ट म्यानेजरको रुपमा इन्फिनिटी इन्टरटेन्टमेन्टबाट काम सुरु गरेका निशु अहिले दर्जन बढी सौदर्य प्रतियोगीताको आयोजक संस्थाको प्रमुख भएका छन् । उनी अहिले रिवन इन्टरटेमेन्ट मार्फत प्रतियोगीता आयोजना गर्दै आएका छन् ।
सौदर्य प्रतियोगीता आयोजना गर्नु ठुलो कुरो होइन । ति सौदर्य प्रतियोगीताका बिजेताको भबिश्य सुनिश्चित गर्नु ठुलो कुरो हो भन्ने धारणा राख्ने निशु त्यही अनुसार कार्य गर्दै आएका छन् । निशुको रिवन इन्टरटेमेन्टबाट अहिले ‘मिसेस नेपाल इन्टरनेशनल’ ,‘सुपर मोडल कन्टेस्ट’, ‘मिष्टर एण्ड मिस एसएलसी’, ‘फेसन अफ द इयर’ ,‘कलेज डिभा’लगायत सौदर्य प्रतियोगीता आयोजना हुँदै आएका छन् । यी सबै प्रतियोगीताको समाजमा अलग्गै पहिचान र चर्चा छ ।
२००८ मा डाक्टर बन्ने सपनालाई लत्याएर इभेन्ट म्यानेजमेन्टमा छिरेका निशुुसँग त्यती बेला ‘परम्परा, संस्कृती र मोडल अफ द इयर विथ मिस मिस इन्डिया’ नामक अन्तराष्ट्रिय सौदर्य प्रतियोगीताको अनुभव पनि थियो । त्यही अनुभवले इभेन्ट म्यानेजमेन्टमा सुरुमै सफलता हात पारेको निशुले बताए । २०१३ ÷१४ मा रिवन इन्टरटेमेन्ट सुरु गरेका निशु सो बेला देखि अहिलेसम्म सोही कम्पन्नी मार्फत काम गर्दै आएका छन् ।
सौदर्य प्रतियोगीताका आयोजक निसु समाजिक कार्यमा पनि त्यतिकै सक्रिय छन् । देशमा अप्ठ्यारो पर्दा र जनतालाई आबश्यक पर्दा उनी जहीले पनि सहयोगमा जुट्ने गर्दछन् । गत बैशाखमा गएको भुकम्प पिडिताका लागी उनले पुर्याएको योगदानले पनि त्यो देखाएको छ । सो समय उनले बिभिन्न ठाउँका भुकम्प पिडित माझ पुगेर राहत सामाग्री उपलब्ध गराएका थिए ।
इभेन्ट अर्गनाइजरका अलवा थुप्रै सौदर्य प्रतियोगीतामा निणार्यको जिम्मेवारी निर्बाह गरेका निसुको उदेश्य नेपालका हरेक सौदर्य प्रतियोगीतालाई अन्तराष्ट्रिय स्तरको बनाउने रहेको छ । सौदर्य प्रतियोगीतामै भबिश्य देखेको निसुसँग सुरुमा प्रतियोगीता आयोजना गर्दा पाएका दुःखका चाङ अनुभव पनि छन् । ति अनुभव र सिकाइले अहिले सफलता मिलेको निसु बताउँछन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी

कमेन्ट